जसपाकाे कार्यकारिणी समिति बैठक सुरु

सोमबार, २५ मंसिर, २०८०
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालले गत भदौदेखि सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा गर्न कार्यकारिणी समिति बैठक बोलाएको छ।

सोमबार बिहान ११ बजे पार्टी कार्यालयमा बाेलाइएकाे बैठक साढे १२ बजे सुरु भएकाे हाे। बैठकमा पार्टीले सञ्चालन गरेकाे तीनमहिने अभियानको समीक्षा गर्ने बताइएकाे छ। 

जसपाले पालिका समितिदेखि प्रदेश समिति पुनर्गठन गरेको छ। जसअन्तर्गत मधेश प्रदेशबाहेकका सबै प्रदेश समिति पुनर्गठन भएका छन्।

पहिचानका राष्ट्रिय समितिहरूमध्येका लिम्बुवान राष्ट्रिय समिति, किराँत राष्ट्रिय समिति, तमुवान राष्ट्रिय समिति, मधेश राष्ट्रिय समिति, नेवाः राष्ट्रिय समिति, ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन भएका छन्। बाँकी रहेका केही पहिचानका राष्ट्रिय समिति र विशेष प्रदेश समितिले पुनर्गठनको मिति तय गरेका छन्   

जसपाको मधेश प्रदेशअन्तर्गतका जिल्लाबाहेक २६ जिल्ला समिति पुनर्गठन गरिएका छन्। यस अवधिमा जसपाका करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका छन्। 

जसमध्ये ८० वटा पालिका समिति मधेश प्रदेशअन्तर्गतका छन्। मधेश प्रदेश समितिले पालिका समितिपश्चात् जिल्ला समिति र जिल्ला समिति पुनर्गठन गरेपश्चात् प्रदेश समिति पुनर्गठन गर्ने गरी कार्य गरिरहेको छ।

See More On

सुझावित समाचार