२४औँ चीन-इयू सम्मेलन बेइजिङमा

सोमबार, १८ मंसिर, २०८०
डिजिटल संस्करण

चीन र युरोपेली संघबीच भएको सहमतिअनुसार २४औँ चीन-इयू शिखर सम्मेलन डिसेम्बर ७ देखि बेइजिङमा आयोजना हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोमबार जानकारी दिएका छन्। 

सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

चिनियाँ प्रधानमन्त्री ली छ्याङ, राष्ट्रपति चार्ल्स मिसेल र राष्ट्रपति उर्सुला भोन डर लेनले संयुक्त रूपमा शिखर सम्मेलनको अध्यक्षता गर्ने बताइएको छ। 

सुझावित समाचार