श्रीलंकामा दैनिक ९३८ मेट्रिकटन प्लास्टिकजन्य फोहोर उत्पादन

आइतबार, १७ मंसिर, २०८०
डिजिटल संस्करण
श्रीलंकामा दैनिक ९३८ मेट्रिकटन प्लास्टिकजन्य फोहोर उत्पादन

तस्बिर : एपी

श्रीलंकामा दैनिक नाै सय ३८ मेट्रिकटन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ। तीमध्ये चार प्रतिशत मात्रै पुनः प्रयोगमा ल्याउन मिल्ने खालको हुने गरेको पाइएको संसद्को सञ्चार विभागले संसदीय समितिलाई उद्धृत गर्दै जनाएको छ।

वातावरण, प्राकृतिक स्रोत तथा दिगो विकाससम्बन्धी क्षेत्रीय अनुगमन समितिले उत्पादित फोहोरमध्ये ३२ प्रतिशत मात्रै संकलन भएको खुलासा गरेको छ।

समितिले उद्योगीहरूलाई विनानिगरानी सहज रूपमा प्लास्टिक आयात गर्न अनुमति दिनाले पनि समस्या बढ्दै गएको बताएको छ। श्रीलंकाले वार्षिक चार लाख मेट्रिकटन प्लास्टिकजन्य कच्चा पदार्थ र २० हजार मेट्रिकटन फोहोरजन्य प्लास्टिक आयात गर्ने गरेको छ।

सो समितिले वातावरणीय अधिकारीहरूलाई प्लास्टिक संकलनका लागि दिइने प्रोत्साहन कार्यक्रम बढाउन निर्देशनसमेत दिएको छ।

श्रीलंकामा पछिल्लो समय प्लास्टिकजन्य फोहोर गम्भीर समस्याको रूपमा देखा परेको छ। समस्या विकराल बन्दै गएपछि सरकारले पुनः प्रयोगमा ल्याउन नमिल्ने खालका प्लास्टिकको जथाभावी प्रयोगमा प्रतिबन्ध लगाएको छ।

सुझावित समाचार