चीनको कारखाना गतिविधि लगातार दोस्रो महिना पनि संकुचित

बिहिबार, १४ मंसिर, २०८०
डिजिटल संस्करण

चीनको कारखाना गतिविधिमा लगातार दोस्रो महिना नोभेम्बरमा पनि संकुचन भएको आधिकारिक तथ्यांकले देखाएको छ। यसबाट संकटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब सरकारमाथि बढेको छ।

राष्ट्रिय तथ्यांक ब्युरोका अनुसार कारखाना उत्पादनको प्रमुख मापक उत्पादन खरिद प्रबन्धकहरूको सूचकांक घटेर ४९.४ मा आएको छ। यो आँकडा अक्टोबरदेखि कम हुँदै गएको थियो र ब्लुमबर्गको सर्वेक्षणमा ४९.८ को पूर्वानुमानभन्दा पनि कमजोर थियो।

चीनले करिब तीन वर्षपछि सन् २०२२ डिसेम्बरमा उसको कठोर शून्य–कोभिड प्रतिबन्धलाई हटाउन सुरु गरेपछि अर्थतन्त्रले फेरि सुधारतिर आउने अवसर पाएको छ।

कमजोर उपभोक्ता तथा व्यावसायिक विश्वास, लगातारको आवास संकट, कीर्तिमानी युवा बेरोजगारी र विश्वव्यापी मन्दीका कारण उक्त सुधारमा अवरोध भएको छ। यसले चिनियाँ वस्तुहरूको मागलाई असर गरिरहेको छ।

विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनका लागि एउटा कठिन वर्षपछि हालका साताहरूमा केही परिवर्तन आएको छ। तेस्रो त्रैमासिकमा आर्थिक वृद्धि दर अपेक्षित ४.९ प्रतिशतभन्दा बढी हुने अनुमान गरिएको छ।

यद्यपि, अहिले पनि करिब पाँच प्रतिशतको आफ्नो घोषित वार्षिक लक्ष्य हासिल गर्नका लागि बेइजिङले कठिन संघर्षको सामना गरिरहेको छ।

सुझावित समाचार