प्रधानमन्त्रीले एमाले अध्यक्षलाई गराए पुनर्निर्मित भवनको अवलोकन

मंगलबार, १२ मंसिर, २०८०
डिजिटल संस्करण
प्रधानमन्त्रीले एमाले अध्यक्षलाई गराए पुनर्निर्मित भवनको अवलोकन

एमाले अध्यक्ष केपी ओलीलाई सिंहदरबारस्थित पश्चिमतर्फको पुनर्निर्मित भवनको अवलोकन गराउँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : रासस

एमाले अध्यक्ष केपी ओलीले सिंहदरबारस्थित पश्चिमतर्फको पुनर्निर्मित भवनको अवलोकन गरेका छन् । 

अध्यक्ष ओलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भवन अवलोकन गराएका हुन् । प्रधानमन्त्री कार्यालय रहेको भवनमै रहेको आर्ट ग्यालरी पनि ओलीले अवलोकन गरेका छन् । त्यसक्रममा मुख्यसचिव वैकुण्ठ अर्यालले ओलीलाई भवनको विशेषताबारे ब्रिफिङ गरेका थिए । 

१२ वैशाख ०७२ मा आएको भूकम्पले क्षति पुर्‍याएपछि प्रयोगहीन रहेको सो भवन रेट्रोफिटिङ गरी पुनः सञ्चालनमा ल्याइएको हो । रेट्रोफिटिङपछि प्रधानमन्त्री कार्यालयको काम पनि यही भवनबाट सञ्चालन हुँदै आएको छ ।

सिंहदरबारस्थित पुनर्निर्मित भवनको अवलोकन तथा प्रधामन्त्री प्रचण्डसँगको भेटवार्तापछि बाहिरिँदै एमाले अध्यक्ष ओली । तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका

सुझावित समाचार