फेसनेबल र आकर्षक देखिन लेहेंगा

मंगलबार, १२ मंसिर, २०८०
डिजिटल संस्करण

अहिले विवाहको मौसम चलिरहेको छ । विवाह पार्टीमा आजभोलि महिलाहरू लेहेंगामा सजिएर जान चाहन्छन् । फेसनेबल र आकर्षक देखिने भएकाले हरेक उमेर समूहका महिलाको रोजाइमा लेहेंगा पर्न थालेको हो । 

प्रिन्टेड फ्याब्रिक लेहेंगा 
विवाह पार्टी होस् वा समारोह, महिला दिदीबहिनीहरूको रोजाइमा यो लेहेंगा पर्ने गरेको छ । यसका लागि फ्याब्रिक कपडाको थान आउँछ । त्यसमा ब्लाउज, सल म्याच हुने गरी डिजाइन गरिन्छ ।

सिल्क लेहेंगा 
सिल्क कपडा मुलायम हुन्छ । यसको मूल्य पनि अन्य लेहेंगाभन्दा अलि सस्तो पर्न आउँछ । आफ्नो बजेटअनुसारको डिजाइन र स्टाइलका लेहेंगा अर्डर गर्दा राम्रो हुन्छ । 

ब्राइडल लेहेंगा 
यो विशेष गरी विवाह र अन्य पार्टीमा लगाइन्छ । ब्राइडल लेहेंगाका लागि प्रायः भेल्भेटको कपडा प्रयोग गरिएको हुन्छ । भेल्भेट आफैँमा रोयल फ्याब्रिक हो । यो कपडा चम्किलो हुन्छ, त्यसैले पनि लेहेंगा झनै आकर्षक देखिन्छ । 
 

See More On

सुझावित समाचार