मिनरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरले तिरायो एक लाख जरिवाना

मंगलबार, १२ मंसिर, २०८०
डिजिटल संस्करण

मिनरल वाटरको बोतलमा किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले पानी उत्पादन गर्ने कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ । प्रहरी वृत्त महाराजगन्जको क्यान्टिनमा ल्याइएको मिनरल वाटरको बोतलभित्र किरा भेटिएपछि प्रहरीले आइतबार पानी कम्पनीविरुद्ध महानगरमा उजुरी दिएको थियो ।

उक्त पानी ए एन्ड बी वेभरेज प्रालिले उत्पादन गरेको हो । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले खानेपानीमा किरा भेटिएपछि उजुरी परेकाले कम्पनीका व्यक्तिलाई बोलाएर सम्झाइबुझाई गरिएको र जरिवाना तिराइएको जानकारी दिए । यस्तै जथाभावी पोस्टर टाँसेको भन्दै पाइलन एकेडेमीलाई पनि महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

सुझावित समाचार