नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आजदेखि दशरथ रंगशालामा सुरु भएको छ। लिगको उद्घाटन खेलमा अहिले साबिक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी टोली स्पोर्टिङ इलाम भिड्दै छन्।
कुल ४० खेल हुने प्रतियोगितामा काठमाडौं, धनगढी, इलाम, झापा, वीरगन्जसहित एफसी चितवन, बुटवल लुम्बिनी, पोखरा थन्डर्स र ललितपुर सिटी एफसी सहभागी छन्।