सिके राउतद्वारा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता

बुधबार, ६ मंसिर, २०८०
डिजिटल संस्करण

जनमत पार्टीका अध्यक्ष सिके राउतले रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता गराएका छन्।

१० मंसिरमा रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन अध्यक्ष राउतले बुधबार प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

साथै आजै उनले जाजरकोट भूकम्पमा परी ज्यान गुमाउनेहरूका लागि शोक प्रस्तावसमेत दर्ता गराएका छन्। 

सुझावित समाचार