नुवाकोटमा आज शंखध्वनि प्रतियोगिता

बुधबार, ६ मंसिर, २०८०
डिजिटल संस्करण

स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई संस्कृति हस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यले  नुवाकोट जिल्लाकै पहिलो सामुदायिक रेडियो नुवाकोट एफएमले  प्रतियोगितात्मक शंखध्वनि आयोजना गर्ने भएको छ ।

हरिबाेधनी एकादशीको पूर्वार्द्धमा बुधबार विदुर नगरपालिका– ५ देवीघाटको चौतारोमा आयोजना गर्न लागिएको प्रतियोगितामा सनातनी हिन्दू धर्मका विभिन्न संस्कारमा नभइनहुने ‘शंख’ संरक्षण र संवर्द्धनात्मक रसुवा, नुवाकोट र धादिङमै पहिलोपटक ‘खुल्ला शंखध्वनि प्रतियोगिता’को आयोजना गर्न लागिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शंख नेपालमा मात्र नभई भारत, श्रीलंका, बंगलादेश आदि मुलुकमा पनि प्रयोग गरेको पाइन्छ । विभिन्न संस्कारमा शंख नभइनहुने एक ध्वनि साधन भएको संस्थाका अध्यक्ष शिवप्रसाद न्यौपाने  बताए । प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार  हजार रुपैयाँ, द्वितीय हुनेलाई सात हजार, तृतीय हुनेलाई तीन हजार एक सय रुपैयाँ र दुईजनालाई सान्त्वनास्वरूप जनही एक सय रुपैयाँ तथा सम्पूर्ण सहभागीलाई प्रमाण–पत्र प्रदान गरिनेछ  ।

प्रतियोगितामा सम्पूर्ण उमेर समूहका इच्छुक व्यक्तिले सहभागिता जनाउन सक्नेछन् । शंखको विषयमा जानकार व्यक्तिले निर्णायकको भूमिकामा रहने आयोजकले जनाएको छ । विभिन्न गुरु, पुरोहितका साथै गुरुकुल एवं कीर्तनमण्डलीका तर्फबाट शंख बजाउन जान्ने व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको  छ  ।

सुझावित समाचार