गाजास्थित अस्पतालमा इजरायलद्वारा पुनः आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

सोमबार, ४ मंसिर, २०८०
डिजिटल संस्करण
गाजास्थित अस्पतालमा इजरायलद्वारा पुनः आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

तस्बिर : एएफपी

गाजास्थित इन्डोनेसियन अस्पतालमा इजरायलले हवाई आक्रमण गरेको छ।

आक्रमणबाट कम्तीमा १२ जना मारिएका गाजाको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै अलजजिराले जनाएको छ। अस्पताललाई इजरायली सेनाको ट्यांकले घेरेको समाचारमा जनाइएको छ।

इजरायलले गाजास्थित ‘आतंकवादी’ र ‘आतंकवादी संरचना’मा आक्रमण जारी रहेको बताए पनि अस्पतालमा भएको आक्रमणको विषयमा भने कुनै प्रतिक्रिया दिएको छैन ।

इजरायली सेनाले यसअघि हमासको आतंकवादी सुरुङ पत्ता लागेको भन्दै सिफा अस्पतालसहित अन्य केही अस्पतालमा आक्रमण गरेको थियो। त्यसपछि संयुक्त राष्ट्रसंघले उत्तरी गाजामा सञ्चालन गरेको अल–फखौरा विद्यालयमा समेत शनिबार आक्रमण गरेको थियो।

सुझावित समाचार