डेनमार्कको भूमिमा पहिलोपटक छठ मनाइयो

सोमबार, ४ मंसिर, २०८०
डिजिटल संस्करण

युरोपभित्र रहेको डेनमार्ककाे राजधानी कोपेनहेगनमा पनि छठ मनाइएको छ। डेनमार्कका लागि नेपाली राजदूत प्राध्यापक डा. रामस्वार्थ रायकी श्रीमतीले पहिलोपटक छठ पर्व मनाएकी हुन् ।

राजदूतावास कार्यालयकै प्रांगणमा राजदूतकी श्रीमती उर्मिला रायले बेलुनमा पानी राखेर परम्पराअनुसार छठ पर्व मनाएकी हुन् । 

राजदूत रायका अनुसार डेनमार्कको भूमिमा पहिलोपटक छठ मनाइएको हाे। डेनमार्कमा पहिलोपटक छठ पर्व मनाउँदा नजिक रहेका नेपाली दिदीबहिनीहरू पनि हेर्न आएका थिए।

सुझावित समाचार