हेटौँडामा छठको रौनक [फोटोफिचर]

आइतबार, ३ मंसिर, २०८०
डिजिटल संस्करण

सूर्यको आराधना र उपासना गरी मनाइने छठपर्वको हेटौँडामा पनि रौनक छाएको छ। छठपर्वको मुख्य दिन आज छठमा व्रत बसेका श्रद्धालुहरू हेटौँडा- १ स्थित राप्तीतटमा रहेको छठ घाटमा जम्मा हुन थालेका छन्।

यस्तै, छठपर्वको रौनक हेर्न अन्य श्रद्धालु तथा भक्तजनहरूको पनि राप्तीतटमा भिड बढ्न थालेको छ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व मनाइँदै छ। राप्तीतटमा बनाइएको छठ घाटमा पूजासामग्रीसहित भक्तजन पुगेका छन्।

पूजासामग्रीले राप्तीकिनार भरिएको छ। छठमा बाँसको ढाकी, नांलोमा डगरी, उखु, केरा, हल्दी, अदुवा, कागती, मुला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला आदिले पूजास्थल भरिभराउ भएको छ।

आजको दिनमा सूर्यलाई चढाउन ल्याइएको सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यलाई चढाएर अर्घ्य दिइन्छ। यस्तै, भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ सम्पन्न हुन्छ।

सुझावित समाचार