भूकम्पबाट साढे दुई करोडको पशुधन क्षति

शुक्रबार, १ मंसिर, २०८०
डिजिटल संस्करण

जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्पबाट दुई करोड ५१ लाख मूल्यबराबरको पशुधन क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको पशुधनको अद्यावधिक विवरणअनुसार जाजरकोटमा मात्रै दुई करोड १८ लाख चार हजार मूल्यबराबरको क्षति भएको छ ।

त्यस्तै, रुकुम–पश्चिममा ३३ लाख १८ हजार मूल्यबराबरको क्षति भएको छ । रुकुम–पश्चिममा गाई, राँगा, भेडा र पक्षी गरेर तीन सय ५१ र जाजरकोटमा ६ सय २२ को क्षति भएको मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परी घाइते भएका तथा उपचार भइरहेका पशुको संख्या जाजरकोटमा पाँच सय ९२ रहेको छ । त्यस्तै, जाजरकोट र पश्चिम–रुकुममा गरी ७१ वटा खोर–गोठमा क्षति भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहप्रवक्ता डा. तपेन्द्रप्रसाद बोहराले बताए ।

See More On

सुझावित समाचार