नेपाल हङकङसँग नाै विकेटले पराजित

बिहिबार, ३० कार्तिक, २०८०
डिजिटल संस्करण
नेपाल हङकङसँग नाै विकेटले पराजित

फाइल तस्बिर

हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० सिरिजमा नेपालले घरेलु टोलीसँग लज्जास्पद हार व्यहोरेको छ।

नेपालले दिएको ५७ रनको सामान्य लक्ष्य हङकङले मात्र एक विकेटको क्षतिमा नौ ओभरमै पूरा गर्याे। टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८ ओभरमै अलआउट हुँदै ५६ रनमा समेटिएको थियो।

हङकङको जितका लागि नतासा माइल्सले अविजित रहँदै सर्वाधिक ३० रनको योगदान गर्दा सान्जिन साहजादले अविजित २० रन बनाइन्। पाँच रन जोडेकी मारिको हिल रन आउट भइन्। उनलाई नेपालकी कप्तान इन्दु बर्माले आउट गरिन्।

नेपाललाई पराजित गरेसँगै हङकङ फाइनल पुगेको छ भने नेपालले सो अवसर गुमाएको छ। नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासँग पराजित भएको थियो।

अब फाइनल खेल तान्जानिया र हङकङबीच हुनेछ।

सुझावित समाचार