नवलपरासी दुर्घटना अपडेट : मृत्यु भएका ६ मध्ये चारको सनाखत

आइतबार, २६ कार्तिक, २०८०
डिजिटल संस्करण

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका ६ मध्ये चारजनाको पहिचान खुलेको छ । 

मृत्यु हुनेमा नवलपरासी पूर्वस्थित बौद्धी गाउँपालिका– ६ मझडाँडा बस्ने २९ वर्षीय जिपचालक छनबहादुर आले,  ५२ वर्षीया कुमारी राना, ५५ वर्षीय टेकमान वानटक्की र बुलिङटार गाउँपालिका ४ चुलिबोझकी १२ वर्षीया करिश्मा ठाडा छन् । अन्य दुई मृतकको पहिचान खुल्न बाँकी छ । 

नवलपरासी पूर्वको देवचुली नगरपालिका– ८ मुन्डेमा आज ग. १ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । मृत्यु भएकामा तीन महिला छन् । जिपमा सातजना सवार थिए । 

दुर्घटनामा मध्यविन्दु नगरपालिका– २ मदनपुरका १८ वर्षीय किरण अर्याल घाइते भएका छन् । बुलिङटारपहाडि क्षेत्रबाट दलदले आउँदै गरेको जिप देवचुली– ८ मुन्डे एस मोडमा एक्कासि घरमा ठोक्किन पुगेको थियो ।

सुझावित समाचार