एमालेले बोलायो ६ मंसिरमा केन्द्रीय कमिटी बैठक

बुधबार, २२ कार्तिक, २०८०
डिजिटल संस्करण

नेकपा एमालेले आगामी ६ मंसिरमा पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ।

१४ मंसिरबाट सुरु हुने पुष्पलाल मध्यपहाडी लोकमार्गकेन्द्रित विशेष अभियानको विस्तृत कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

यसअघि अभियानको तयारीका लागि धनगढीमा बैठक बोलाउने तयारी भए पनि पछिल्लो परिस्थितिलाई मध्यनजर गर्दै पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको पनि ज्ञवालीले बताए।
 

सुझावित समाचार