अक्टोबर महिनादेखि नेपालमा पर्यटक आगमन कोभिडअघिकै अवस्थामा फर्किएको छ । सन् २०२३ अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक जहाज चढेर नेपाल घुम्न आएका हुन् ।
कोभिड सुरु हुनुअघि सन् २०१९ को अक्टोबरसँग तुलना गर्दा यो महिना ३ प्रतिशत बढी पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ । २०१९ अक्टोबरमा हवाई यात्रा गरी एक लाख १३ हजार ८१६ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ ।
कोभिडपछि करिब शून्यमा झरेको पर्यटक आगमन पुरानै अवस्थामा फर्किन थालेपछि पर्यटन व्यवसायी पनि उत्साहित भएका छन् ।
थप भिडियाेमा हेर्नुहाेस् :