मानिसको समग्र व्यक्तित्वमा निखार ल्याउन कपालको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले स्ट्रेट होस् वा कर्ली हेयर, तपाईंले पूरै स्याहार गर्न जरुरी छ । विशेषतः कर्ली कपाललाई अतिरिक्त स्याहार गर्न आवश्यकता पर्छ । किनकि, कर्ली कपाल ज्यादा जेलिएको हुन्छ र अधिक सुक्खा पनि देखिन्छ । त्यही कारण पटक–पटक कोर्नुपर्ने हैरानी पनि हुन्छ । कतिपयको कपाल वंशानुगत कारणले पनि घुम्रिएको हुन्छ । उनीहरू कपाललाई लिएर चिन्तित हुन्छन् र जेलिने डरले कपाल बाँध्ने गर्छन् । कर्ली कपाललाई मेन्टेन गर्ने केही खास तरिका यस्ता छन् :
- कर्ली कपाललाई सफा र सुन्दर राख्न नियमित रूपमा धुनु जरुरी छ । कपाल जति फोहोर हुन्छ, उति नै जेलिन्छ । त्यसैले दैनिक धुनुपर्छ ।
- कर्ली कपाल ज्यादा सुक्खा हुन्छ । त्यसैले दैनिक रूपमा तेलले मसाज गर्न जरुरी छ ।
- नुहाइसकेपछि नरम अवस्थामै काइँयो लगाउँदा कपाल कम जेलिन्छ र कम झर्छ ।
- कोल्ड ब्लो ड्राई गर्नुपर्छ । डिफ्युजर गरेर कर्ली कपाललाई सुकाउनुपर्छ । जसले गर्दा सुन्दर र मुलायम देखाउँछ । यसले कपाललाई हेल्दी पनि देखाउँछ ।
- कर्ली कपालका लागि नरिवल, आल्मन्ड, क्यास्टर, ओलिभलगायतका तेल उत्तम हुन्छन् ।