जहाजको टिकट नपाएपछि हुम्लामा परीक्षार्थीहरूले दिए धर्ना

बिहिबार, १६ कार्तिक, २०८०
डिजिटल संस्करण

जहाजको टिकट नपाएपछि हुम्लामा परीक्षार्थीहरूले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन्। कात्तिक १८ गते शनिबार हुन लागेको अध्यापन अनुमतिपत्रको परीक्षाका परीक्षार्थीहरूले धर्ना दिएका हुन्।

निजी एयरलाइन्सका जहाजहरूले मनपरी र भनसुनका आधारमा टिकट वितरण गरेपछि उनीहरूले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन्।

२७ परीक्षार्थीहरूले प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई ध्यानाकर्षणसमेत गराएका थिए। धर्ना दिएसँगै शुक्रबार बिहान नेपाल एयरलाइन्सले १४ र समिट एयरलाइन्सले १३ परीक्षार्थीलाई जहाज टिकट दिने सहमति भएको छ।

सुझावित समाचार