प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेस लुम्बिनीमा

मंगलबार, १४ कार्तिक, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन्। 

नेपालको औपचारिक भ्रमणमा रहेका  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनी पुगेका हुन्। यस्तै, महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी गएका छन्। 

लुम्बिनीमा प्रधानमन्त्री प्रचण्डलाई लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटनमन्त्री सुदन किराँती, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामालगायतले स्वागत गरेका महासचिव गुटेरेस लुम्बिनी भ्रमणमा आउने संयुक्त राष्ट्रसंघका छैटौँ महासचिव हुन्। 

सुझावित समाचार