‘द क्लिफ’मा ८४ वर्षीय क्यानेडियन नागरिकले गरे बन्जी

सोमबार, १३ कार्तिक, २०८०
डिजिटल संस्करण

एड्भेन्चर हब ‘द क्लिफ’मा ८४ वर्षीय क्यानेडियन नागरिक मिसेल जुत्रासले बन्जी गरेका छन्।

उनले एकैपटक बन्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङलगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए।

८४ वर्षीय मिसेलले बञ्जी गरी क्लिफमा सबैभन्दा बढी उमेर समूहअन्तर्गतका  रेकर्ड कायम गरेका छन्। यसअघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बन्जी गरेकी थिइन्।

बन्जीपछि निकै उत्साहित रहेका क्यानेडियन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बागलुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जीजम्प निर्माण गरिएको छ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काई साइक्लिङ, स्काई क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काई ग्लाइडिङ, स्काई क्याफेलगायत गतिविधि सञ्चालनमा छन्।

सुझावित समाचार