देशभर मान्यजनबाट टीका र जमरा लगाइँदै

मंगलबार, ७ कार्तिक, २०८०
डिजिटल संस्करण

देशभर मान्यजनको हातबाट दसैँको टीका र जमरा लगाइएको छ । बिहान ११ बजेर दुई मिनेटको शुभसाइतमा हिन्दू धर्मावलम्बीहरूले आ–आफ्ना मान्यजनबाट टीका र जमरा लगाएका हुन् । 

नेपाल पञ्चांग निर्णायक समितिले आज दिनभर नै टीका र जमरा लगाउन सकिने जनाएको छ । नवदुर्गाको प्रसादका रूपमा विजयादशमीका दिन टीका र जमरा लगाउने चलन छ । 

आज टीका लगाउनेहरूलाई मान्यजनहरूले यश, ऐश्वर्य, दीर्घायु र स्वस्थ रहन आशीर्वाद दिने गर्छन् । 

सुझावित समाचार