१४१ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो धक्का, कुशल आउट

टी-२० ट्र्यांगुलर सिरिज

बुधबार, १ कार्तिक, २०८०
डिजिटल संस्करण
१४१ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो धक्का, कुशल आउट

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

टी–२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा युएईले दिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले पहिलो क्षति व्यहोरेको छ ।

नेपालको ब्याटिङ इनिङको जिम्मेवारी सम्हालेका ओपनरद्वय कुशल भुर्तेल १४ बलमा १४ रन बनाएर आउट भएका छन् । उनी निलान्स केस्वानीको स्पिन बलमा ठूलो सट प्रहार गर्ने कोसिस गर्दा अली नासिरको हातबाट आउट हुन पुगे । 

कुशल भुर्तेल आउट भएपछि उनको स्थानमा कुशल मल्ल आएका छन् । ताजा अवस्थामा नेपालले पाँचौँ ओभरमा एक विकेट गुमाएर २८ रन बनाएको छ । 

सुझावित समाचार