‘कोरोनरी एन्जिओग्राम’ टेस्ट नर्मल आएपछि नर्भिक अस्पतालबाट बालुवाटार फर्किँदै प्रधानमन्त्री प्रचण्ड

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण
‘कोरोनरी एन्जिओग्राम’ टेस्ट नर्मल आएपछि नर्भिक अस्पतालबाट बालुवाटार फर्किँदै प्रधानमन्त्री प्रचण्ड

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

स्वास्थ्यमा समस्या देखिएपछि दिउँसो करिब ३ बजेतिर नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘कोरोनरी एन्जिओग्राम’ टेस्ट नर्मल देखिएको छ। 

योसँगै छाती तथा मुटुसम्बन्धी कुनै पनि समस्या नदेखिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. युवराज शर्माले नयाँ पत्रिकालाई जानकारी दिए। 

‘उहाँलाई स्वास्थ्यमा डिसकम्फर्ट भएपछि अस्पताल लगेका थियौँ। सबैजसो चेकचाँज भयो। कोरोनरी एन्जिओग्राम’ टेस्ट नर्मल आएको छ,’ उनले भने, ‘हामी खुसी छौँ। अब बालुवाटार फर्कने तयारी गर्दै छौँ।’ 

दिउँसो छातीमा समस्या भएको महसुस गरेपछि प्रधानमन्त्री प्रचण्डलाई अस्पताल पुर्याइएको थियो।

Please wait while image is uploading...

सुझावित समाचार