मनाङ एयरको हेलिकोप्टर दुर्घटना : घाइते पाइलटलाई काठमाडौं ल्याइँदै

शनिबार, २७ असोज, २०८०
डिजिटल संस्करण

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएका पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइँदै छ। सोलुखुम्बुको लबुचेमा आज बिहान हेलिकोप्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंलाई फिस्टेल एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइँदै छ ।  हेलिकाेप्टरमा उनी एक्लै थिए।

लुक्लाबाट सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९एन-एएनजे कलसाइनको हेलिकाेप्टर बिहान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको हेलिकोप्टरमा आगलागी भएकाे छ ।

सुझावित समाचार