भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप २०२३ मा अहिले न्युजिल्यान्ड र बंगलादेश भिड्दै छन् ।
चेन्नईमा टस जितेर न्युजिल्यान्डले पहिले फिल्डिङ रोजेको छ । दुवैले आज जारी विश्वकपको तेस्रो खेल खेल्दै छन् ।
न्युजिल्यान्ड लगातार तेस्रो जितको खोजीमा छ । सानदार फर्ममा रहेको न्युजिल्यान्डले पछिल्ला दुई खेलमा इंग्ल्यान्ड र नेदरल्यान्ड्सलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।
बंगलादेश भने दोस्रो जितको खोजीमा छ । जारी विश्वकपको पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको बंगलादेश दोस्रो खेलमा भने इंग्ल्यान्डसँग पराजित भएको थियो ।