‘स्ट्रिक्स प्रोफेसनल’ले काठमाडौंमा आफ्नो नयाँ कलेक्सन ‘मर्कुरिअल’को प्रदर्शनी गरेको छ । कम्पनीले ‘स्ट्रिक्स प्रोफेसनल’ प्रदर्शनी सैलुन व्यवसायी र हेयर स्टाइलिस्टलाई लक्षित गरी आयोजना गरेको हो ।
प्रदर्शनीमा एक मुडबाट अर्कोमा आउने सहज परिवर्तनका स्वरूपहरूको कलेक्सन कपालको कटाइ, रङ र स्टाइलमा प्रतिबिम्बित हुने जानकारी दिन प्रदर्शनी आयोजना गरेको उल्लेख गरेको छ । ‘मर्कुरिअल’को फेसन सोमा कपालको हेरचाह, रङ र स्टाइलका व्यावसायिक श्रेणीका उत्पादन, यसका नयाँ कलेक्सन’हरू रहेको जनाइएको छ । रुचि र स्वभावहरू परीक्षण गर्न रुचाउने दर्शकमाझ यो कलेक्सन निकै लोकप्रिय भएको कम्पनीको दाबी छ ।
प्रदर्शनीमा सहभागी सेलेब्रिटी हेयर स्टाइलिस्ट विपुल चुदासले हेयर स्टाइलिस्टहरू जहिले पनि फेसनउन्मुख भएका संग्रहको खोजीमा हुने बताए । हेयर स्टाइलिस्टहरू सदैव कपालको कटाइ, रङ, स्टाइल, सिर्जनशीलता र नवीनतालाई चुनौती दिओस् भन्ने सोचमा हुने गरेको उनको भनाइ थियो ।