बस र मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा एकजनाको मृत्यु

बिहिबार, २५ असोज, २०८०
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– ९ मझिमटारमा बस र मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा परी घाइते बनेका बेनीघाट रोराङ गाउँपालिका– ९ मझिमटारका ३३ वर्षीय राजेश गिरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।

एसपी मिश्रका अनुसार काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको भे.१ख ४०४९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०४० प  ५०८० नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाएका हुन् ।

दुर्घटनामा परी घाइते बनेका गिरीको राजमार्ग अस्पताल मलेखुमा उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । गिरीको काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा बिहीबार बिहान ज्यान गएको हो । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

See More On

सुझावित समाचार