राष्ट्रिय सभा बैठक स्थगन

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभाको आजका लागि तोकिएको बैठक राष्ट्रिय शोक परेका कारण स्थगन भएको छ।

आज बिहान ११ः१ बजेका लागि तोकिएको बैठक यही असोज २६ गते शुक्रबार बिहान ११ः३१ बजे बस्ने गरी अध्यक्ष गणेशपसाद तिमिल्सिनाले निर्धारण गरेको संघीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा जनाइको छ।

इजरायलमा मारिएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्न नेपाल सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको छ।

सुझावित समाचार