आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडले चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहको व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थी तथा शिक्षकको सहभागितामा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गरेको छ ।
सचेतना अभिवृद्धि गरी लगानीकर्तालाई सशक्तीकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले नियमनकर्ताको अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल अर्गनाइजेसन अफ सेक्युरिटिज कमिसन्स (आइओएससिओ)को आह्वानमा मनाइएको विश्व लगानीकर्ता सप्ताह–२०२३ अन्तर्गत सचेतना अभिवृद्धि कार्यक्रम गरिएको हो ।
नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, भरतपुरका शाखा प्रमुख सबिनराज अधिकारीका साथै कर्मचारीहरू, वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख प्रा. दयाराम पौडेल, वित्त संकाय प्रमुख डा. सुदीप वाग्ले तथा अध्ययनरत विद्यार्थीकोे उपस्थिति रहेको क्यापिटलले जनाएको छ ।