इजरायलमा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

सोमबार, २२ असोज, २०८०
डिजिटल संस्करण

इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार इजरायली उद्धारकर्मीले गाजाको दक्षिणी भागमा रहेको रेइमनजिक आयोजना भएको सुपरनोभा फेस्टिभलस्थलबाट एकैपटक दुई सय ६० शव निकालेका छन् । योसँगै मृत्यु हुनेको संख्या एक हजार नाघेको बताइएको हो । 

शव संकलन गर्ने काम अझै बाँकी रहेकाले मृतकको संख्या अझै बढ्ने आशंका गरिएको छ । शुक्रबार राति अबेरसम्म महोत्सवमा नाचगान गरेर रमाइलो गरिरहेकाहरूमाथि शनिबार बिहानै हमासका लडाकुले आक्रमण गरेका थिए । (एजेन्सीको सहयोगमा)

सुझावित समाचार