छोराको चक्कु प्रहारबाट घाइते बाबुको १० दिनपछि मृत्यु

आइतबार, २१ असोज, २०८०
डिजिटल संस्करण

लमजुङमा गत १० असोजमा छोराले चक्कु प्रहार गरी घाइते बनाएका बाबुको उपचारको क्रममा शनिबार मृत्यु भएको छ। 

मृत्यु हुनेमा क्व्होलासोथार गाउँपालिका–९ गिलुङ टक्सारका ६० वर्षीय दिलबहादुर विक छन्। उनको उपचारको क्रममा शनिबार अपराह्न पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए। 

चक्कु प्रहार गर्ने २८ वर्षीय छोरा सुजन विक प्रहरी हिरासतमा छन्। घरायसी विवादका कारण सुजनले बाबुमाथि धारिलो हतियार प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक चपाईले बताए। 

सुझावित समाचार