भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन सरकारले ५० हजार दिने

शुक्रबार, १९ असोज, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मंगलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ सदरमुकाम चैनपुर पुगेका प्रधानमन्त्रीले पीडित परिवारको आवश्यकतालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

उनले सदस्य संख्याका आधारमा प्रभावित परिवारलाई १५ देखि २० हजार उपलब्ध गराउने जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘राहतमा पाल, कम्बल, औषधिलगायत तत्काल अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकार क्रियाशील छ ।’

भूकम्पपीडितलाई तत्काल राहत तथा अस्थायी टहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकार सबै प्रभावित जनताको साथमा छ, सरकार जनतासँगै छ ।’

सुझावित समाचार