प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बझाङको भूकम्प प्रभावित क्षेत्र पुगेका छन्।
प्रधानमन्त्रीसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीलगायत भूकम्प प्रभावित बझाङ पुगेका हुन्।

मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिलामन्त्री शिवराज भट्ट हिजोदेखि नै बझाङमै छन्। प्रधानमन्त्रीले जयपृथ्वी क्याम्पस र चैनपुर बजार क्षेत्रमा भूकम्पले भत्किएका घरको निरीक्षण गरेका छन्। जिल्ला प्रशासनमा हुने विपतकाे बैठकमा सहभागी हुने कार्यक्रम छ।
