‘राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणको तयारी’

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको तयारी भइरहेको बताएका छन् । मंगलबार पार्टी पदाधिकारी बैठकमा उनले गुटेरेसले छिट्टै नेपाल भ्रमण गर्ने र यसका लागि सरकारले तयारी गरिरहेको जानकारी गराएका छन् । 

‘महासभापछि महासचिव गुटेरेसको पहिलो विदेश भ्रमण नेपालबाट हुँदै छ । यसले नेपालको शान्ति प्रक्रियाको विषय टुंग्याउन महत्वपूर्ण सहयोग पुग्नेछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने, ‘भ्रमणका लागि सरकारले आवश्यक तयारी गर्दै छ ।’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क गएका वेला प्रधानमन्त्री प्रचण्डले गुटेरेसलाई नेपाल भ्रमणको निम्ता दिएका थिए । 

सुझावित समाचार