भारतले गुमायो दोस्रो विकेट

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण

नेपालले भारतविरुद्ध १९औँ एसियाडमा दोस्रो विकेट लिएकाे छ । युनिभर्सिटी मैदानमा नेपालका लागि सोमपाल कामीले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । इनिङ्सको ११.४ ओभरमा सोमपालले तलिक वर्मालाई सीधै बोल्ड गरेका थिए ।

तिलकले १० बलमा दुई रन मात्र बनाए । भारतले दुई विकेटको नोक्सानीमा एक सय ११ रन बनाएको छ । क्रिजमा यशस्वीले ३७ बलमा समान ६ चौका र छक्का प्रहार गरी ७९ रन बनाएका छन् । ओपनर तथा कप्तान ऋतुराजले २३ बलमा २५ रन जोडेका थिए । 

नेपालले ९.५ ओभरमा भारतका ओपनर ऋतुराज गायकवाडको विकेट लिएको थियो । दीपेन्द्रसिंह ऐरीको ओभरमा कप्तान रोहित पौडेलले ऋतुराजको सहज क्याच लिँदै नेपाललाई पहिलो सफलता दिलाए । ऋतुराजले २३ बलमा चार चौकाको सहयोगमा २५ रन बनाए । भारत र नेपालीबीच पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेल भइरहेको छ । यशस्वीले ७३ रन जोडेका छन्

सुझावित समाचार