डिजिटल पेन्ट्सको चाडपर्वलक्षित योजना सार्वजनिक

सोमबार, १५ असोज, २०८०
डिजिटल संस्करण

डिजिटल पेन्ट्सले चाडपर्वलाई लक्षित गर्दे ‘डिजिटलको हर्ष, उपहारको वर्षा’ योजना ल्याएको छ।

उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार डेलको ल्यापटप एकजनालाई, द्वितीय पुरस्कार ३२ इन्चको एलइडी टिभी दुईजनालाई र तृतीय पुरस्कार रेफ्रिजेरेटर तीनजनालाई प्रदान गरिने कम्पनीले जनाएको छ। साथै सान्त्वना पुरस्कार १५ जनालाई भित्ते घडी र एकजनालाई बम्पर उपहार नगद एक लाख रुपैयाँ प्रदान गरिने कम्पनीका प्रमुख परिचालन अधिकृत मणिकुमार आचार्यले बताए।

डिजिटल पेन्ट्सले कोशी प्रदेशका ८० भन्दा बढी आधिकारिक डिलरमार्फत ग्राहकलाई सुलभ मूल्यमा गुणस्तरीय रंगरोगनका सामान उपलब्ध गराउँदै आएको छ। कम्पनीले सिमेन्ट प्राइमर, इनामेल, वाल पट्टी, गोल्ड पेन्ट्स, आल्मुनियम पेन्ट्स तथा इमल्सन पेन्ट्स उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।

जर्मन प्रविधिबाट उत्पादन गरेको र आफैँ अत्याधुनिक ल्याबबाट गुणस्तरमा प्रमाणित उत्पादन मात्र बजारमा वितरण गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत देवीप्रसाद गौतमको दाबी छ।

सुझावित समाचार