पोखरा विमानस्थलकाे उपकरणमा समस्या आएपछि काठमाडाैंबाट आएका दुई जहाज बाटोबाटै फर्किए

सोमबार, १५ असोज, २०८०
डिजिटल संस्करण

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपकरणमा समस्या आएपछि काठमाडाैंबाट पोखराका लागि उडान भरेका दुई विमान पोखरामा अवतरण नगरी पुनः काडमाडौं फर्किएका छन् ।

सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडान भरेका यती र श्री एयरलाइन्सको विमान पोखरा विमानस्थलमा आएको प्राविधिक समस्याको कारण विमानस्थल आइपुग्नै लाग्दा बाटोबाटै काठमाडौं फर्किएका हुन् । 

विमानस्थलकी प्रवक्ता जशाेदा सुवेदीले आफूलाई यसबारेमा केही जानकारी नभएको बताइन् । ‘मैले सामाजिक सञ्जालमा हेरेर थाहा पाएकी हुँ । टावरले मलाई केही खबर गरेको छैन । उपकरणले काम नगरेर हाेइन होला, मौसमका कारण होला,’ उनको जवाफ थियो, ‘तैपनि टेलिफोन लाइनमा समस्या आएको भन्ने सुनेकी हुँ ।’ हाल सो समस्या समाधान भइसकेको उनले जानकारी दिइन् ।

See More On

सुझावित समाचार