एमाले बागमती प्रदेशकाे नेतृत्व चयनका लागि मतदान सुरु

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

नेकपा एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। प्रदेश नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियाअन्तर्गत पार्टी मुख्यालय च्यासलमा मतदान सुरु भएको हो।

चितवन, सिन्धुपाल्चोक, काभ्रे र रसुवाको नेतृत्व सर्वसम्मत तथा अन्य केही जिल्लामा आंशिक निर्विरोध भए पनि पदाधिकारीमा सहमति नजुट्दा निर्वाचन प्रक्रियामा गएको हो।

प्रदेश अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैलाशप्रसाद ढुंगेल चुनावी मैदानमा छन्।

सुझावित समाचार