कपुरकोटमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

सोमबार, ८ असोज, २०८०
डिजिटल संस्करण

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा.१च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

बिहान सवा ६ बजेतिर कपुरकोट गाउँपालिका– ३ चोरखोलानजिक सेतापैरामा जिप दुर्घटनामा परेको हो । मृतकको पहिचान हुन सकेको छैन । जिप सडकबाट साढे तीन सय मिटर तल खसेको  थियो । दुर्घटनामा एक जना घाइते भएका छन् ।

सुझावित समाचार