नेपालगन्जमा आयसरको ग्राहक भेला

शुक्रबार, २९ भदौ, २०८०
डिजिटल संस्करण

आयसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । कम्पनीले ५० जनाभन्दा बढी ग्राहकको सहभागितामा उनीहरूले उक्त मोडेलका गाडीका फिचर र सकारात्मक पक्षबारे प्रतिक्रिया लिन भेलाको आयोजना गरिएको हो । 

भेलाका सहभागीमार्फत गाडीको इन्जिनको क्षमता, माइलेज र सुरक्षा सुविधाका स्तरजस्ता प्रभावकारी फिचरबारे जान्न पाएको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लूले जनाएको छ । कम्पनीका प्रडक्ट म्यानेजर ठाकुरकुमार गाहले नेपालगन्जका ग्राहकको सकारात्मक प्रतिक्रियाबाट उत्साहित भएको बताए । यसले आयसरका उत्पादनप्रतिको विश्वास झल्काएको उनको भनाइ थियो ।

प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको उक्त मोडेलको गाडीबाट तुलात्मक रूपमा ५ देखि ८ प्रतिशत अतिरिक्त माइलेज पाउनुका साथै लामो यात्रामा रेस्टका लागि गाडी भित्रिन सिल्पर क्याबिन रहेको उनले जानकारी दिए । साथै, यो गाडीले २७ प्रतिशत उकालोमा १०.३ टन भार सहजै बहन गर्न सक्ने उनको भनाइ छ । 

See More On

सुझावित समाचार