आइएमई पेबाट पहिलोपटक एयरलाइन्स टिकट काट्ने ग्राहकलाई छुट

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

 डिजिटल वालेट ‘आइएमई पे’ले  एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा पाँच सय रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । 

योजनाअनुसार सेवाग्राहीले आइएमई पेमार्फत पहिलोपटक टिकट खरिद गर्दा उपलब्ध हुने प्रोमो कोड प्रयोग गरी पाँच सय रुपैयाँ क्यासब्याक पाउने जनाइएको छ । सेवाग्राहीलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो योजना भदौ २४ देखि सुरु भएको छ र पहिलो एक हजार योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जनाएको छ । योजना पहिलोपटक एयरलाइन्स टिकट काट्दा मात्र लागू हुने उल्लेख छ । 

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफँैले अथवा एजेन्टमार्फत विभिन्न किसिमका भुक्तानी कार्य गर्न सक्ने जनाइएको छ । यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवासमेत प्रदान गर्दै आइरहेको जनाएको छ ।

सुझावित समाचार