नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवलाई केही बेरपछि पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित ललितपुरमा लगिँदै छ । दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राख्ने केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।
नेम्वाङका कान्छा छोरा अस्ट्रेलियाबाट नेपाल फर्किएपछि मात्र पारिवारिक सल्लाहअनुसार भोलिसम्ममा अन्त्येष्टि कार्यक्रम गरिने पनि विष्टले बताए । नेम्वाङलाई श्रद्धाञ्जली दिन थुप्रै नेता–कार्यकर्ता टिचिङ अस्पताल पुगेका छन्।



