टाइब्रेकरमा रेड हर्सले बाजी मार्‍यो

बुधबार, २० भदौ, २०८०
डिजिटल संस्करण

रेड हर्स फुटबल क्लब इलाम ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको मंगलबार भएको दोस्रो सेमिफाइनलमा स्टार फुटबल क्लब बिर्तामोड झापालाई रेड हर्सले टाइबे्रकरमा ५–४ ले हराउँदै अन्तिम दुईको स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । त्यसपछि फाइनल पुग्ने टोलीको छिनोफानो टाइब्रेकरबाट भएको हो । 

खेलको १५औँ मिनेटमा रेड हर्स इलामका आशिष राईले १–० को अग्रता दिलाए । खेल सकिन चार मिनेटअघि रेड स्टार बिर्तामोडले १–१ को बराबरी गोल फर्कायो । खेलको ८६औँ मिनेटमा विदेशी खेलाडी अब्दुलले बराबरी गोल फर्काएका हुन् ।

दुई विदेशी खेलाडी उतारेको रेड स्टार बिर्तामोड झापाले आक्रामक खेल प्रस्तुत गरेको थियो । तर, उनीहरूको गोल प्रयासलाई विपक्षी खेलाडी र गोलरक्षकले विफल पारे । 

सुझावित समाचार