बाथरुम कम र अट्याच्ड गरी दुई प्रकारका हुन्छन् । अट्याच्ड बाथरुम बस्ने कोठकै एउटा भाग छुट्याएर बनाइन्छ । त्यसो त पहिले शौचालय र स्नान कक्षलाई विभाजित गरेर बाथरुम बनाउने चलन थियो । हिजोआज ट्रेन्ड परिवर्तन भएको छ । जग्गा पनि धेरै हुने र प्रयोगका लागि पनि सजिलो हुने भएकाले दुवैलाई एकै कोठामा राख्ने गरिन्छ । यो सौन्दर्य र सरसफाइका लािग सहज हुने गर्छ ।
बाथरुमको आकार
- बाथटब राख्ने गरी बनाउने हो भने ८/५, ७/५–६ साइजको उपयुक्त हुन सक्छ ।
- बाथटब नराख्ने हो भने ६/६, ६/५, ७/४–६ साइज उत्तम हुन्छ ।
- सावर नराख्ने हकमा ५/४, ६–६/५ साइज भए पनि हुन्छ ।
छोड्न नमिल्ने पाटो
- घरका कोठाबाट पायक स्थानमा बाथरुम बनाउनुपर्छ । उज्यालो र घाम लाग्ने तथा हावाको बहाव हुने स्थान छुट्याउनुपर्छ । दिशाको हिसाबले दक्षिण–पश्चिम, उत्तर–पश्चिम उपयुक्त हुन्छ ।
- बाथरुममा कमोड, वास बेसिन, कमोड स्प्रे, धारा, ऐना, टावेल स्ट्यान्ड र टावेल, सोपकेस, साबुन राख्ने क्याबिनेट, डस्टबिन जरुरी हुन्छ । यी कुरा नछोड्ने गरी बनाउनुपर्छ ।
- हिजोआज बाथरुममा फल्ससिलिङ राखेर लाइट डिजाइन राखेर पनि बनाउने चलन बढेको छ । डिजाइन निकालेर पनि बनाउन सकिन्छ । सावर धेरै सस्तो पनि र महँगो पनि छ । बाथरुमलाई धेरै खर्चमा पनि बनाउन सकिन्छ ।
भुइँमा
बाथरुमको भुइँमा नचिप्लिने खालको टायल नै प्रयोग गर्नुपर्छ । मार्बलचाहिँ प्रयोग गर्नुहुँदैन । बजारमा बाथरुमका लागि विभिन्न थरीका टायल उपलब्ध छन् । टायल छान्दा नचिप्लिने र सफा गर्न सजिलो हुने छान्नुपर्छ । भित्ता उज्यालो, डार्क अझ राम्रो देखिन्छ । स्लेट ढुंगाको टायल, नेवारी इँटा, टायल तथा चिप्स मसला (क्रेजी) लगाउन सकिन्छ ।