नेपालका ओपनर कुशल भुर्तेल एलबिडब्लुबाट जोगिएका छन् । मोहमद सामीको स्थानमा बलिङ गर्न आएका हार्दिक पाण्ड्याले आफ्नो पहिलो बलमै कुशललाई एलबिडब्लू गरेका थिए । तर, कुशलले ८.१ ओभरमा डिएसआर रिभ्यु लिए ।
पाण्ड्याले फ्याँकेको बल लेग स्टम्पबाहिर गएको थियो । जसका कारण कुशल एलबिडब्लू हुनबाट जोगिए । कुशलले अर्को बलमै पाण्ड्याविरुद्ध चौका प्रहार गरे ।