रुसी सेनामा करिब तीन लाख नयाँ भर्ती, स्वयंसेवक लडाकु आकर्षित गर्न व्यापक प्रचारप्रसार

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण
रुसी सेनामा करिब तीन लाख नयाँ भर्ती, स्वयंसेवक लडाकु आकर्षित गर्न व्यापक प्रचारप्रसार

फाइल तस्बिर

पछिल्लो आठ महिनामा रुसी सेनामा करिब तीन लाख नयाँ भर्ती भएका छन्। रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा  रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको जानकारी दिए। 

सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी गराएका हुन्। युक्रेनसँगको आक्रामक कारबाही १९औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षितत गर्ने प्रयास भएको उनले बताए। 

उनका अनुसार केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको छ। रूसी सेनाले अनलाइन र रूसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ। सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गरेका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आएका छन्। 

सुझावित समाचार