सुदूरका धार्मिक-पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न ७७ वटै जिल्लामा पैदल यात्रा

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश कैलालीका एक युवकले प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसारका लागि देशभरकै जिल्लाहरूमा पैदल यात्रा गरेका छन्।

प्रदेशको पर्यटन क्षेत्रको प्रचारप्रसारका लागिका कैलालीको गौरीगंगा नगरपालिका– ४ राजीपुरका देवराज पाध्याले पैदल यात्रा गरेका हुन्। पाँच महिना अघिदेखि सुरु गरिएको पैदल यात्रा कञ्चनपुर महेन्द्रनगर पुगेर समापन गरिएको छ। 

१ चैत ०७९ डडेल्धुरादेखि सुरु गरिएको पैदलयात्रा १७ भदाै ०८० कञ्चनपुर पुगेर समापन गरेका छन्। पैदलयात्री देवराजले सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनका लागि पैदल यात्रा गरेको बताए। 

सुझावित समाचार