रातो रङको कपडामा रातो कलरकै पालिस सुहाउँछ । त्यसमा एक्स्ट्रा गर्न चाहने हो भने सिल्बर ग्रिडर वा गोल्डेन ग्रिडर थप गर्न सकिन्छ । यो सबै रङका लुगा र सबै रङका पालिसमा म्याच हुन्छ ।
रातो अनि कालो कपडा छ भने पोलिस पनि रातो–कालो कम्बिनेसन गरेर लगाउन सकिन्छ । त्यसमा सिल्बर, गोल्डेन कलर थप गर्न सकिन्छ । चारवटा औँलामा रातो लगायो भने एउटा औँलामा सिल्बर वा गोल्डेन पनि लगाउन सकिन्छ ।
नङको साइजअनुसार डिजाइन पनि फरक हुन्छ । नङको सानो साइज छ भने धेरै डिजाइन गर्दा राम्रो देखिँदैन । नङ लामो, ठूलो छ भने आफ्नो चाहनाअनुसार डिजाइन गर्न सकिन्छ ।